नवनियुक्त राज्यमन्त्रीद्वारा शपथ ग्रहण
काठमाडौं । नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले शपथ ग्रहण गरेका छन् ।
कार्कीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बाट राज्यमन्त्रीको शपथ ग्रहण गरेका हुन् ।
यसअघि कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गरेका थिए ।
उनलाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राज्यमन्त्रीमा नियुक्त गरिएको हो । उनी जसपाबाट राज्यमन्त्री बनेका हुन् ।
