एसईई परीक्षाका लागि मकवानपुरमा २६ परीक्षा केन्द्र तोकियो

तु खबर संवाददाता
२०८० चैत्र ९, शुक्रबार १०:३५
file-photo

मकवानपुर । यही चैत्र १५ गतेबाट संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को लागि मकवानपुर जिल्लामा २६ वटा परीक्षा केन्द्र तोकिएको छ ।

एसईईका लागि जिल्लाको आठ गाउँपालिका, एक नगरपालिका र एक उपमहानगरपालिकामा गरी २६ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरले जनाएको छ ।

जसअनुसार, हेटौंडामा १४, थाहानगरमा ३, बागमतीमा १, मनहरीमा २, मकवानपुरगढी १, बकैयामा २, भीमफेदीमा १, इन्द्रसरोवर १ र राक्सिराङमा १ वटा परीक्षा केन्द्र तोकिएको हो ।

जिल्लाको कैलाश गाँपालिकाको कुनै पनि पनि विद्यालयलाई परीक्षा केन्द्र तोकेको छैन । कैलाशमा भौतिक पूर्वाधारको अभावका कारण परीक्षा केन्द्र नतोकिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिनानाथ गौतमले जानकारी दिए ।

मकवानपुरमा यस वर्ष ६ हजार १ सय ६३ जना विद्यार्थीले एसइई परीक्षामा सहभागिता जनाउनेछन् ।