विभिन्न मुद्दाका १९३ जना फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०८० चैत्र ८, बिहीबार १६:३४

काठमाडौं । पछिल्लो सयम विभिन्न आपराधिक घटनामा संलग्न रही अदालतको फैसलामा सजाय तोकिइ फरार रहेका १९३ जना प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहत प्रहरी कार्यालयको टोलीले गत फागुन महिनाको अवधिमा मात्रै विभिन्न मुद्दाका १४३ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको हो ।

कानूनी राज्य र विधिको शासन प्रत्याभूति गराउने अभियानअन्तर्गत फागुन महिनाको फैसला कार्यान्वयन गर्न जिल्ला प्रहरी परिसर काठमाडौं र मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीको नियन्त्रणमा रहेका प्रतीवादीमा जुवा, सवारी ज्यान, चोरी, गालीबेइज्जती, जालसाजी, चेक अनादर, ठगी, विद्युतीय कारोबार ऐनलगायतका मुद्दासँग सम्बन्धित रहेका छन् ।

प्रहरीको नियन्त्रणमा रहेका उनीहरुमाथि आवश्यक कानूनी कारबाही प्रकृया अगाडि बढाइएको छ ।