लागूऔषधसहित हेटौंडाका युवक पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र ६, मंगलवार १६:२८
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले काठमाडौंबाट अवैध लागूऔषधसहित सोमबार दिउँसो हेटौंडाका एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ घर भएका २३ वर्षीय राम बिक रहेका छन् ।

उनलाई काठमाडौं, बुढानिलकण्ठ नगरपालिका–११ कपन त्रिवेणी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ४८ मिलिग्रामसहित पक्राउ गरिएको हो ।

उनलाई प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।