मंगलबार नेप्से ६ अंकले घट्यो

तु खबर संवाददाता
२०८० चैत्र ६, मंगलवार १५:५२

काठमाडौं । आज साता कारोबारको तेस्रो अर्थात मंगलबार नेप्सेमा गिरावट आएको छ । आज नेप्से ६.२४ अंकले घट्दै २ हजार ६७.२९ अंकमा पुगेर रोकिएको हो ।

आज सेन्सेटिभ इन्डेक्स समेत १.१६ अंकले घट्दै ३६८.३९ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेप्से ६ अंकले घटेको बजारमा आज ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ बराबरको ९४ लाख ७८ हजार कित्ता सेयर किनबेच भएको छ ।

यस्तै, आज १३ वटा उपसूचक मध्ये बैंकिङ, डेभलपमेन्ट बैंक, होटल तथा पर्यटन समूह, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, म्युचुअल फन्ड, नन् लाइफ इन्स्योरेन्स, ट्रेडिङ र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् भने तीन वटा उपसूचक मात्र धनात्मक भएका छन् ।