चोरीको मोटरसाइकलसहित किशोर पक्राउ
काठमाडौं । बुढानिकण्ठ नगरपालिका २ भंगालबाट चोरीको मोटरसाइकलसहित प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंकै चाबहिल बस्ने १८ वर्षीय सक्षम गुरूङ रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार, बागमती प्रदेश–०२–०२३ प ०४७२ नम्बरको बुलेट मोटरसाइकल काठमाडौंको टोखा इन्द्रेणीपुलबाट हराएको भनि मोटरसाइकल धनि धादिङको गंगा जमुना गाउँपालिका ७ का प्रकाश श्रेष्ठले गत मंसिर २६ गते निवेदन दिएका थिए ।
प्राप्त निवेदनका आधारमा खोजतलास गर्ने क्रममा वास्तविक नम्बर परिवर्तन गरेर बागमती प्रदेश–०२–२७ प ४३ ०३ नम्बर राखी चलाइरहेको अवस्थामा फेला पारी गुरूङलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।
