हेटौंडाबाट एक पुरुष पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ मुस्कान टोलबाट प्रहरीले बिहीबार अवैध लागूऔषधसहित एक पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ३२ वर्षीय अशोक बाबा भन्ने राजिब मोक्तान रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
मोक्तानलाई विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले लागूऔषध ट्रामाडोल १ सय ७५ ट्याब्लेट र नगद २२ हजार १ सय ७५ रुपैयाँसहित पक्राउ गरेको हो ।
नगद रुपैयाँ र लागुऔषध ट्रामाडोलसहित पक्राउ परेका उनीमाथि प्रहरीले आवशयक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
