ब्राउन सुगरसहित एक युवक पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र २, शुक्रबार ०९:५२

काठमाडौं । सिरहाबाट प्रहरीले लागूऔषसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको औरही गाउँपालिका–१, दरैहियाचोकस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका २ बस्ने २७ वर्षीय राजेश ठाकुर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, भारतबाट नेपाल आउँदै गरेका ठाकुरलाई चेकजाँचका क्रममा १७.६९ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।

साथै प्रहरीले ठाकुरसहित को ४ पं ८२८४ नम्बरको होन्डा साइन मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।