माओवादी स्थायी समिति बैठक पुनः सर्याे
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पुनः सरेको छ । चैत्र १ गतेको लागि आह्वान गरिएको बैठक चैत्र २ गते ११ बजे बस्ने गरी सारेको पार्टीका सचिव दीनानाथ शर्माले जानकारी दिए ।
यसअघि फागुन २८ गते बोलाइएको बैठक पनि विकसित राजनीतिक घटनाक्रमका कारण चैत्र १ गते सारिएको थियो ।
चैत्र २ गते बस्ने बैठकमा विधान अनुमोदन, नेताहरूको कार्य विभाजन, जागरण अभियानको तयारी, विकसित राजनीति घटनाक्रमबारे छलफल हुने सचिव शर्माले बताए ।
उनका अनुसार, बैठक केन्द्रीय कार्यालय कोटेश्वरमा बिहान ११ बजे बस्नेछ ।
