हेटौंडाबाट एक युवक पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन ३०, बुधबार ०८:५५

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ नेवारपानीबाट प्रहरीले मंगलबार अवैध लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले ८४ किलो १२० ग्राम लागुऔषध गाँजासहित जितपुर–सिमरा उपमहानगरपालिका–७ का १९ बर्षीय साविक अन्सारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरीका अनुसार, पूर्व–पश्चिम सडकखण्ड अन्तर्गत पर्ने मनहरीतर्फबाट आइरहेको बीआरको १ बीएफ ५५८१ नम्बरको भारतीय कार रोकेर प्रहरीले खानतलासी गर्दा उनको साथबाट सो परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका अन्सारी कार चालक हुन् । गाँजा र कारसहित अन्सारीलाई नियन्त्रणमा लिई कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।