माओवादी केन्द्र संसदीय दलको बैठक आज पनि बस्ने

तु खबर संवाददाता
२०८० फाल्गुन २७, आईतवार १०:३३

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ ।

बैठक दिउँसो पौने ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको हो ।

सो बैठकले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयनसहितका विषयमा छलफल गरी निर्णय गर्ने जनाइएको छ ।

यसअघि शनिबार बसेको बैठकमा प्रधानमन्त्री दाहाल (प्रचण्ड) ले सरकार र संसद् संचालनका विषयमा सांसदहरुलाई बिफ्रिङ गरेका थिए ।

आजको बैठकले प्रधानमन्त्रीको विश्वासको मत लिनेसहित अन्य प्रस्तावहरुमाथि समेत टुंगो लगाउने जनाइएको छ ।