राष्ट्रिय सभा बैठक बस्दै

तु खबर संवाददाता
२०८० फाल्गुन २७, आईतवार ०९:३०
file-photo

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेर ९ मिनेटपछि बस्ने गरी आह्वान गरिएको हो ।

आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै, बैठकमा राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनको लागि मिति तोक्ने र विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको जनाइएको छ ।