बेलायत पठाउँछु भनेर २९ लाख ठगी, युवती पक्राउ
काठमाडौं । बेलायत पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ घर भई हाल ललितपुरको भैंसेपाटी बस्ने ३४ वर्षीया लक्ष्मी लिम्बु रहेको प्रहरीले जनाएको छ ।
उनलाई भैंसेपाटीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, मोरङको उर्लाबारी नगरपालिका–९ घर भएकी उनीमाथि रविन सौजु समेत ४ जनासँग २९ लाख ८८ हजार ठगेको आरोप छ ।
वैदेशिक रोजगारीमा बेलायत पुग्न २३ लाख लाग्ने र त्यहाँ ‘केयर गिभर’ को काम लगाउँछु भनेर उनले पटक–पटक गरेर सो रकम लिएकी प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।
पक्राउ परेका उनलाई कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभागमा बुझाइएको छ ।
