जसपा तत्काल सरकारमा नजाने

तु खबर संवाददाता
२०८० फाल्गुन २३, बुधबार १७:१९

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले तत्काल सरकारमा नजाने भएके छ ।

बालुवाटारमा बसेको गठबन्धनको बैठकमा कुरा नमिलेका कारण तत्काल सरकारमा नजाने भएको हो ।

जसपाका कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादवले आफूहरुका लागि मधेश प्रदेशको सरकार सुनिश्चित नभएका कारण तत्काल सरकारमा नजाने जानकारी दिए ।

नेकपा एकीकृत समाजवादी सरकारमा जाने नजाने निश्चित नभएका कारण मधेश प्रदेशमा गठबन्धन सरकार अन्योलनमा देखिएको छ ।

सोमबार भएको चार दलबीचको सहमतिमा जसपा अध्यक्ष यादवले हत्स्थाक्षर गरे पनि आज भएको मन्त्रिपरिषद् विस्तारमा पार्टीले नयाँ मन्त्री पठाएन्न् ।