सरकारमा सहभागी हुने दल निश्चित भएपछि मात्रै सिट बाँडफाँट गरिने

तु खबर संवाददाता
२०८० फाल्गुन २३, बुधबार ०९:१३
file-photo

काठमाडौं । सरकारमा सहभागी हुने दल निश्चित भएपछि मात्रै सिट बाँडफाँट गरिने भएको छ ।

यसअघि सत्तामा रहेका नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले आन्तरिक छलफल गरेर निर्णय दिने भनेकाले सिट बाँडफाँड नभएको कार्यदलका सदस्य राजेन्द्र श्रेष्ठले बताए ।

सिट बाँडफाँटका विषयमा टुंगो लगाउन मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बसेको थियो ।

साँझ ६ बजे प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न कोटेश्वर गएपछि बैठक स्थगित भएको थियो ।

साना दलहरूको निर्णय आएपछि कार्यदलको बैठक बस्ने श्रेष्ठले बताए ।