देउवाद्वारा आकस्मिक पदाधिकारी बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक पदाधिकारी बैठक बोलाएका छन् ।
सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा १० बजेका आकस्मिक रुपमा पदाधिकारी बैठक आह्वान गरेका हुन् ।
सत्ता समीकरण बदलिने सम्भाबना बढेपछि देउवाले छलफलका लागि पदाधिकारी बैठक बोलाएको स्रोतको भनाइ छ ।
सभापति देउवाले बिहानै प्रधानमन्त्री प्रचण्डलाई पनि भेटेका थिए ।
राजनीतिक घटनाक्रम नयाँ तरिकाले विकसित भएसँगै आज बिहानैदेखि एमाले, माओवादी र रास्वापालगायतका पार्टीको छुट्टाछुट्टै बैठक बरिरहेका छन् ।
