जसपाले आकस्मिक बैठक बोलायो
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले उपलब्ध कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
पछिल्लो राजनीति घटनाक्रमको बारेमा छलफल गर्न अहिले बिहान बस्ने गरी बैठक बोलाएको स्रोतले जनाएको छ । बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने गरी बोलाएको हो ।
राष्ट्रिय सभा अध्यक्ष तथा टीआरसी विधेयकमा माओवादी र एमालेबिच सहमति जुटेसँगै नयाँ समीकरण बन्ने अवस्था आएपछि जसपाले यो आकस्मिक बैठक बोलाएको हो ।
राति अबेरसम्म बालुवाटारमा भएको छलफलमा जसपाका अध्यक्ष उपेन्द्र यादवको पनि उपस्थिति थियो ।
