स्थगित भयो कानुन समितिको बैठक
काठमाडौं । राजनीतिक घटनाक्रम नयाँ तरिकाले विकसित भएसँगै सोमबार बिहानका लागि बस्ने गरी आह्वान गरिएको कानुन समितिको बैठक स्थगित भएको छ ।
समितिका सदस्य तथा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले बैठक बस्दै नबसी स्थगित गरिएको जानकारी गराएका हुन् ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) टुङ्ग्याउन सोमबार बिहान कानुन समितिको बैठक बोलाइएको थियो ।
आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भएको छलफलमा दुवै नेता टीआरसी टुङ्ग्याउन सहमत भएको थियो ।
