रास्वपाको सचिवालय बैठक पार्टी कार्यालयमा जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक हाल जारी छ । बैठक पार्टी कार्यालयमा बसिररहेको हो ।
सो बैठकमा वर्तमान राजनीतिक परिस्थितिका विषयमा छलफल र आवश्यक निर्णय हुने उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।
उनले बैठक जारी रहेको भन्दै वर्तमान परिस्थितिका विषयमा उपयुक्त निर्णय लिइने बताए । एमालेसहितका दलहरुबीच संक्रमणकालीन न्याय र राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा मिलेर जाने समझदारी बनेको छ ।
उक्त समझदारीमा रास्वपा पनि सहमत बनेको जनाइएको छ ।
