६५ किलो गाँजासहित अटो चालक पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन २०, आईतवार १०:३६
सांकेतिक तस्बिर

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–८ स्थितबाट अवैध लागूऔषध गाँजासहित प्रहरीले शुक्रबार राति एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले करिब ६५ किलो गाँजासहित सोही ठाउँ बस्ने ३२ वर्षीय राजु प्रसाद चौधरीलाई पक्राउ गरेको छ ।

चौधरीलाई प्रहरी चौकी हात्तिलेट र ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, ज.१ स ६५१७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोभित्र लुकाईछिपाई राखेको उक्त परिमाणको गाँजासहित अटो चालक चौधरीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।