एकीकृत समाजवादीले महाधिवेशनमा एउटा मात्र दस्तावेज पेस गर्ने

तु खबर संवाददाता
२०८० फाल्गुन १७, बिहीबार १८:०९
file-photo

काठमाडौं । नेकपा एकीकृत समाजवादीको आगामी जेठ पहिलो साता हुने १० औँ महाधिवेशनमा एउटा मात्रै दस्तावेज पेस गर्ने भएको छ ।

अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको २७ सदस्यीय ‘दस्ताबेज मस्यौदा समिति’ को बिहीबार सम्पन्न बैठकले उक्त निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

उनका अनुसार, बैठकले महाधिवेशनमा समसामयिक राजनीतिक, पार्टीको आन्तरिक लगायतका विषय समेटेर एकमात्रै दस्तावेज प्रस्तुत गर्ने निर्णय गरेको हो ।

मस्यौदा समितिको बैठकपछि पार्टीभित्र अलग–अलग सोच छ भन्ने कुराको अन्त्य भएको र सबै भावनालाई समेटेर महाधिवेशनमा प्रस्ताव प्रस्तुत हुने नेता खतिवडाले बताए ।