२८ अंकले घटेर बन्द भयो बिहीबार शेयर
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा गिरावट आएको छ । आज शेयर २८ अंकले घटेर शेयर बजार बन्द भएको हो ।
अघिल्लो दिन सामान्य अंकले घटेर २ हजार अंकमा अडिएको बजार आज २८.६८ अंकले घटेर १९ सय ७२.०९ अंकमा पुगेर रोकिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।
नेप्सेका अनुसार, २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ बराबरको ७४ लाख ४६ हजार कित्ता सेयर आज दोस्रो बजारमा कारोबार भएको छ ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ ।



