जवरजस्ती करणी गरेको आरोपमा ६० वर्षीय पुरुष पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन १७, बिहीबार १७:३३

कैलाली । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीले कैलालीबाट एक पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरी रहेको प्रहरीले जनाएको छ ।

चौधरीलाई ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, चौधरीमाथि ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको भनि आरोप छ ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।