लागूऔषधसहित ३ जना पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन १७, बिहीबार १०:११

झापा । झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले लागूऔषध खैरो हेरोइन ४७ ग्रामसहित तीन जनालाई बुधबार साँझ पक्राउ गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।

फक्राउ पर्नेहरुमा अर्जुनधारा नगरपालिका–१० कालिस्थान घर भई मेचीनगर नगरपालिका–६ मा डेरा गरी बस्ने वर्ष २६ का प्रकाश पौडेल, काठमाडौंका वर्ष ३० क ईश्वर आधिकारी र अर्जुनधारा नगरपालिकाका वर्ष २२ का पुजन तामाङ रहेका छन् ।

पक्राउ परेका तिनै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भई कार्य भइरहेको प्रहरीले जनाएको छ ।