राष्ट्रिय सभा बैठक बस्दै
काठमाडौं । संघीय सांसदअन्तर्गत पर्ने राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो ।
बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवम् अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवम् अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै, आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा सभामा छलफल प्रारम्भ हुने जनाइएको छ ।
