६ दिने आधारभूत सहकारी लेखापालन तालिम सकियो

तु खबर संवाददाता
२०८० फाल्गुन १७, बिहीबार ०८:५९

मकवानपुर । हेटौंडामा आयोजित ६ दिने आधारतूत सहकारी लेखापालन तालिम सकिएको छ । मकवानपुर जिल्ला सहकारी संघको आयोजना तथा बागमती प्रदेश सहकारी विकास बोर्डको सहयोगमा गत शुक्रबारबाट सुरु भएको तालिक हिजो बुधबार सकिएको हो ।

मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देबकोटाले तालिमबाट सिकेका सीपलाई व्यवहारमा लागू गर्न सहभागीहरुलाई आग्रह गरे ।

यस्तै, आधारभूत सहकारी लेखापालन तालिम उपलब्धीमूलक भएको र तालिमले सहकारी संस्थाको हिसाव राख्ने थप ज्ञान प्राप्त भएको सहभागीहरुले बताए ।

तालिममा मकवानपुर जिल्लामा रहेका विभिन्न सहकारी संस्थाका लेखा समिति पदाधिकारी, व्यवस्थापक, लेखापाल, सहायक कर्मचारीहरुसमेत गरी ३० जनाले सहभागिता जनाएका थिए ।

तालिम समापन कार्यक्रममा संघकी उपाध्यक्ष मेनुका घिमिरे दाहाल, सह–सचिव भोगेन्द्र लुईटेल, संचालक हरिप्रसाद पौडेल, सिताराम दाहाल, व्यवस्थापक गोबिन्द दाहालको उपस्थिति रहेको थियो ।