मकवानपुरका वाईबासहित दुई जना पक्राउ

काठमाडौं । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बुढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने रामेछाप घर भएका १९ वर्षीय कमल भुजेल र मकवानपुर घर भएका १९ वर्षीय साजन वाईबालाई पक्राउ गरेको हो ।
प्रहरीले १ हजार दरको ६ थान नक्कली नोटसहित उनीहरुलाई शनिबार साँझ पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार, कमललाई १ हजार दरको ३ थान उक्त नोटसहित पक्राउ गरेको पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा काठमाडौं बुढानीलकण्ठ नगरपालिका–१२ निलो माइक्रो पार्कबाट साजनलाई समेत १ हजार दरको ३ थान उक्त नोटसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।