बागमती प्रदेशः सर्वदलीय बैठक आह्वान

तु खबर संवाददाता
२०८० फाल्गुन १३, आईतवार ०९:०२
file-photo

मकवानपुर । बागमती प्रदेशका सभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक आह्वान गरेका छन् । सभामुख पाठकले बैठक आज संसद् सचिवालय हेटौंडामा दिउँसो २ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाइका हुन् ।

सभामुख पाठकले प्रदेशसभा बैठक बस्नुअघि सर्वदलीय बैठक बोलाएका हुन् । संसद् बैठकको कार्यसूचीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए ।

सर्वदलीय बैठकमा सरकार र प्रतिपक्ष दलहरू बिचको विवाद, बजेट पारित गर्दाको समयमा भएको सहमतिका विषयमा समझदारी बनाउने तयारी गरिएको छ ।

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन यही फागुन १५ गते ३ बजे बस्ने गरी बोलाइएको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को फागुन ८ गतेको निर्णय अनुसार प्रदेश प्रमुख यादव चन्द्र शर्माले संसद् बैठक बोलाएका हुन् ।