माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

तु खबर संवाददाता
२०८० फाल्गुन १३, आईतवार ०८:४८

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति आज बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

बैठकमा रूपान्तरण अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायतका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ ।

यसअघि शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को कार्यव्यस्तताका कारण स्थगित भएको थियो ।

बिहीबार बसेको बैठकमा १० प्रदेशका इन्चार्जहरूले अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए ।