माओवादी केन्द्रको बैठक आइतबारसम्मका लागि स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । शुक्रबार बस्ने भनिएको माओवादी केन्द्रको स्थायी समिति बैठक आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो ।
रूपान्तरण अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायत एजेन्डामा छलफल गर्न माओवादीले बैठक बोलाएको थियो । प्रधानमन्त्री एवम् अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को कार्यव्यस्तताका कारण बैठक स्थगित भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
आजको बैठकमा काम गर्ने–नगर्ने नेताहरूको मूल्याङ्कन गरी पुरस्कार र सजाय घोषणा गर्ने कार्यसूची रहेको थियो । साथै चैत–वैशाखमा सञ्चालन हुने अभियानबारे छलफल गरी नेताहरूको कार्यविभाजन हुने कार्यसूची तयारी पािरएको थियो ।
