अवैध गाँजासहित एक जना पक्राउ
सर्लाही । सर्लाहीको बागमती नगरपालिक वडा नम्वर ३ नयाँ बस्ती चोकबाट अवैध लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले १ सय १६ किलो गाँजासहित नवलपरासी पूर्व गैंडाकोट नगरपालिका वडा नम्बर ११ बस्ने ३० वर्षीय सुर्य परियारलाई बिहीबार बिहान पक्राउ गरेकाके हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले बा.प्रदेश ०१-०२६ च ५१५९ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारभित्र १० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक परियारलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
