जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
इलाम । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका–१ बस्ने ३३ वर्षीय पेम्बा शेर्पा रहेका छन् ।
उनलाई ईलाका प्रहरी कार्यालय मानेभञ्ज्याङबाट खटिएको प्रहरीले सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, उनीमाथि अन्दाजी ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप छ ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
