कटुवा पेस्तोलसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन १०, बिहीबार १५:२५
file-photo

पर्सा । पर्साको बहुदरमाई नगरपालिका–९ बाट कटुवा पेस्तोल १ थानसहित प्रहरीले बुधबार राति २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कालिकामाई गाउँपालिका–९ कटिबलुवा बस्ने ४४ वर्षीय दिपेन्द्र गिरी र पोखरिया नगरपालिका–९ बैरियाबिर्ता बस्ने ३७ वर्षीय शिवपुजन मुखिया रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, ना.१२ प ४९७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।