माओवादी स्थायी समिति बैठक बस्दै

तु खबर संवाददाता
२०८० फाल्गुन १०, बिहीबार ०८:३९

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । बैठकआज बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको हो ।

सो बैठकमा पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत्र–वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्नेलगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।