बागमती प्रदेश साकोस समिट फागुन १६ गतेदेखि हुने

तु खबर संवाददाता
२०८० फाल्गुन ८, मंगलवार १७:४९

मकवानपुर । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) को आयोजनामा ‘बागमती प्रदेश साकोस समिट–२०८०’ हुने भएको छ । साकोस समिट यही फागुन १६ र १७ गते हुने भएको हो ।

भक्तपुरको जर्मनहोम हस्पिटालिटी, गठ्ठाघरमा हुने समिटमा बागमती प्रदेशभरीका १३ वटै जिल्लाका तीन सय सहकारीकर्मीको सहभागिता रहने बागमती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटाले जानकारी दिए ।

‘सहकारी सुदृढीकरणको आधार: सहकार्य, एकता र विश्वास’ भन्ने मूल उद्देश्यका सम्मेलन हुन लागेको आयोजकले जनाएको छ ।

सहकारी सञ्चालक तथा व्यवस्थापकको क्षमता विकासका लागि नयाँ विषयमा बहस चलाउने, सहकारीका असल अभ्यासलाई धेरै संस्थामा पुर्याउने र अभियानमा ऐक्यबद्धता कायम गर्ने तथा सहकारी संस्कृतिलाई विशिष्ट संस्कृतिको रुपमा बचाइ राख्ने समिटको उद्देश्य रहेको आयोजकले जनाएको छ ।