गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान

तु खबर संवाददाता
२०८० फाल्गुन ८, मंगलवार १७:०७
file-photo

पोखरा । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आहवान गरिएको छ । बैठक यही फागुन १६ गते बस्ने गरी आह्वान गरिएको हो ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मन्त्रिपरिषद बैठकको सिफारिसमा हिउँदे अधिवेशन आह्वान गरेका हुन् ।

बैठक फागुन १६ गते दिउँसो २ बजे बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवलयले जनाएको छ ।

गण्डकी प्रदेशसभामा हाल बीउबिजन सम्बन्धी र आम सञ्चार विधेयकमात्र प्रदेशसभामा विचाराधीन रहेको छ ।