मकवानपुरबाट नाबालकसहित दुई जना प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०८० फाल्गुन ८, मंगलवार १७:०१
file-photo

मकवानपुर । प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका वडा नं.६ सुनाचुरीबाट सोमबार लागूऔषधसहित दुई जना नियन्त्रणमा लिएको छ ।

मनहरीबाट लोथर तर्फ पैदल हिडिरहेका तनहु भिमाद नगरपालिका वडा नं.७ पल्ट्याङ बस्ने १६ बर्षीय किशोर र २४ बर्षीय बिशाल परियारलाई नियन्त्रणमा लिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट क्युनोफिन ८ एम्पुल, डाईजेपाम ८ एम्पुल र फेनारगन ८ एम्पुल बरामद गरेको छ ।

प्रहरीको नियन्त्रणमा रहेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।