ग्राहकको १ करोड ३७ लाख रकम चोरेको आरोपमा कर्मचारी पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन ८, मंगलवार १६:१५

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको विरगञ्जस्थित पोखरिया शाखाका कर्मचारी पक्राउ परेका छन् । गा्रहकको १ करोड ३७ लाख रकम चोरेको आरोपमा कनिष्ट सहायक रोहित कुमार ओझा पक्राउ परेका हुन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार, उनीमाथि नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर ओझाले १ करोड ३७ लाख ८६ हजार रकम आफ्नो र अन्य व्यक्तिको खातामा ट्रान्सफर गरेको आरोप छ ।

प्रारम्भिक अनुसन्धानबाट १ करोड ३७ लाख ८६ हजार रकम नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर चोरी गरेको भेटिएकाले उनलाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ परेका उनीमाथि ब्यूरोले जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।