झुरझुरेबाट अवैध गाँजासहित दुई जना पक्राउ
चितवन । चितवनको राप्ती नगरपालिका–३, झुरझुरेबाट प्रहरीले सोमबार अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनकुटा छथर जोरपाटी गाउँपालिका–३ बस्ने ३२ वर्षीय रमेश नाथ दाहाल र कपिलवस्तु बुद्धभूमि नगरपालिका–४ बस्ने २५ वर्षीय शुसिराम थारू रहेका छन् ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले करिब ५ सय ४४ किलोसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, उक्त स्थानमा रोकी राखेको ना.३ ख ६१२२ नम्बरको ट्रक र ना.३ ख ७२४० नम्बरको डिब्बा ट्रकलाई चेकजाँच गर्ने क्रममा डिब्बा ट्रकमा लुकाई छिपाई राखेको ३९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी निजहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकामध्ये रमेश नाथ ना.३ ख ७२४० नम्वरको ट्रकका चालन र शुसिराम ना.३ ख ६१२२ नम्बरको ट्रकका सहचालक हुन् ।
हाल फरार ना.३ ख ६१२२ नम्बरको ट्रकका चालकको प्रहरीले खोजी गरिरहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
