एमाले केन्द्रीय कमिटी बैठक आजबाट
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ । पार्टीको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने भएको हो ।
सो बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । बैठकमा विभिन्न ६ वटा विषयमाथि छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटीले जानकारी दिए ।
उनका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् ।
साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ ।
यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’ हरु तथा समसामयिक प्रस्ताव रहेका उनले बताए ।
