मकवानपुरका किशोर पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन ४, शुक्रबार १८:०५
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैंसेबाट प्रहरीले शुक्रबार बिहान अवैध लागूऔषध चरेससहित एक किशोरलाई पक्राउ गरेको छ ।

प्रहरीले करिब २० किलो चरेशसहित थाहा नगरपालिका–८ देवीथान बस्ने १५ वर्षीय किशोरलाई पक्राउ गरेको हो । ती किशोरलाई प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पालुङबाट हेटौंडातर्फ जाँदै गरेको ना.८ ख ३५६१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार ती किशोरलाई उक्त परिमाणको चरेससहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।