२ जना मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०८० फाल्गुन ३, बिहीबार १६:२३
file photo

काठमाडौं । विभिन्न स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार, देशको तनहुँ र गोरखा जिल्लाको छुट्टाछुट्टै स्थानबाट दुई जना अवस्थामा फेला परेको हो ।

तनहुँको ब्यास नगरपालिका–१३ जबारी टोल बस्ने धादिङ घर भएका ७७ वर्षीय कर्साङ लामा तामाङ आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी गोरखाको गण्डकी गाउँपालिका–६ फिस्लिङस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी महिलाको शव बुधबार फेला परेको छ ।

ती सबै घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।