अवैध चाँदीका गरगहनासहित हेटौंडाबाट एक जना पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन ३, बिहीबार ०८:३१

मकवानपुर । प्रहरीले अवैध चाँदीका गरगहनासहित हेटौंडाबाट एक नालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातोमाटे प्रहरी चेकपोष्ट अगाडि सडकखण्डबाट अवैध चाँदीको गरगहनासहित मंगलबार राति एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका वडा नम्वर ३ बस्ने ३४ वर्षीय धर्मेन्द्र मुखिया रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनलाई १ लाख ५४ हजार ६६१ रुपैयाँ बराबरको १३०२ ग्राम ९६१ मि.ग्राम चाँदीको विभिन्न किसिमका तयारी गरगहाना तथा समानहरुसहित प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायव उपरक्षक भण्डारीले बताए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ख ३६२८ नं.को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा सोही बसमा सवार उनको साथबाट सो परिमाणको गरगहना बरामद भएको हो ।

पक्राउ परेका मुखियालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको उनको भनाई छ ।