हेटौंडाबाट लागूऔषधसहित एक युवक पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन २, बुधबार १६:५३

मकवानपुर । मकवानपुर प्रहरीले गएराति अवैध लागूऔषधसहित हेटौंडाबाट एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटे चेकपोष्टस्थित पुर्व–पश्चिम सडकखण्डबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बस्ने १९ वर्षीय असलम मिंया रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनलाई लागूऔषध डाईजेपाम –१२ एम्पुल, फेनारगन –१२ एम्पुल, नुफिन–१२ एम्पुल गरी जम्मा ३६ एम्पुल लागूऔषध डाईजेपामसहित प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३ –००१ ज ०३३३ नम्वरको ईलेक्ट्रिक गाडीमा सवार उनलाई शंका लागि चेकजाँच गर्दा पाईन्टको खल्ती भित्र लुकाई छिपाई ल्याएको सो परिमाणको लागूऔषध बरामद भएपनि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।