जवरजस्ती करणीको आरोपमा जिल्ला अदालतका अधिकृत पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन २, बुधबार १५:४९
file-photo

काठमाडौं । जवरजस्ती करणीको कसुरमा काठमाडौं जिल्ला अदालतका एक अधिकृत पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेर रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रहरीका अनुसार, गजमेरले आफूलाई जवरजस्ती करणी गरेको भन्दै एक युवतीले जाहेरी दिएकी थिइन् । सोही आधारमा उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका गजमेरलाई अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जनाइएको छ ।

गजमेरविरुद्ध गत माघ २९ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जबरजस्ती करणीको जाहेरी दर्ता भएको थियो । जाहेरी दर्ता भएलगत्तै गजमेरलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।