दुई संसदीय समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०८० फाल्गुन २, बुधबार ०९:२२
file-photo

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज दिगो विकास तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।

जसअन्तर्गत आज दिउँसो १ बजे दिगो विकास तथा सुशासन समितिको बैठक बस्नेछ । उक्त बैठकमा अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार प्रवर्द्धन सम्बन्धमा प्रस्तुति र छलफल हुनेछ । नेपालमा निर्वाचन प्रणाली र सुशासन विषयमा छलफल समेत हुने कार्यसूची रहेको छ ।

त्यस्तै, दिउँसो नै १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । सो बैठकमा विधायन सम्बन्धी विधेयक, २०८० को प्रतिवेदन मस्यौदामाथि छलफल हुनेछ ।