हेटौंडामा नवजात शिशु मृत फेला
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.११ नवलपुरमा शुक्रबार नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।
उपयोगी सहश्राब्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा–११, नजिक बेबारिसे अवस्थामा नवजात शिशु (छोरी) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, उक्त घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमाटका लागि हेटौंडा अस्पताल ल्याईएको छ ।
प्रहरीले सो घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।
