सामुदायिक विव्यस महासंघ मकवानपुरको संयोजकमा सुनिल
मकवानपुर । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल मकवानपुर जिल्ला संयोजकको जिम्मेवारी सुनिल बोम्जनले पाएका छन् ।
बोम्जनले महासंघ बागमती प्रदेश समितिको निर्णय अनुसार माघ २१ गतेको पत्र बमोजिम संयोजकको जिम्मेवारी पाएका हुन् ।
संयोजक बोम्जन मकवानपुरको बकैया गाउँपालिका–४ अवस्थित श्री बाघभैरब आधारभुत विद्यालय र बकैया गाउँपालिका शिक्षा समिति सदस्य समेत हुन्।
महासंघको बागमती प्रदेश समितिको निर्णयअनुसार मकवानपुरमा महासंघको स्थानीय समिति विस्तार गर्नुपर्ने भएकोले बोम्जनलाई संयोजक नियुक्त गर्ने निर्णय भएको बताइएको छ ।
त्यस्तै, बोम्जनलाई आगामी चैत्र मसान्तभित्र मकवानपुरको पालिका र जिल्ला समिति समेत गठन गरी प्रदेशलाई जानकारी गराउन जिम्मेवारी दिएको छ ।
बोम्जनले आफ्नो जिम्मेवारीलाई इमान्दारीताका साथ पूरा गर्ने प्रतिबद्धता गरेका छन् ।
