प्रहरी भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु
काठमाडौं । प्रहरीको भ्यानबाट लडेर गएराति प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको छ ।
ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार, सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खसेका थिए ।
उनलाई तत्काल उद्धार गरेर नजिकै रहेको मिड पोइन्ट अस्पताल र त्यसपछि बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पताल लगिएकोमा चिकित्सले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले एलजीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको र भ्यानका चालक सहायक हवल्दार रामप्रसाद यादवलाई नियन्त्रणमा लिइ घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
