‘केही दिनभित्र प्रहरी समायोजन समितिको घोषणा गर्दैछौँ’

तु खबर संवाददाता
२०८० माघ २६, शुक्रबार १५:२६
file-photo

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले केही दिनभित्रै प्रहरी समायोजन समितिको घोषणा गर्ने बताएका छन् ।

गृहमन्त्री श्रेष्ठले शुक्रवार अध्यागमन विभागको ई.भिसा अनलाइन भुक्तानी प्रारम्भ कार्यक्रमको शुभारम्भ गर्दै सो कुरा बताएका हुन् ।

नेपाल प्रहरी ऐनको विधेयक तयार भइसकेकाले अब मन्त्रिपरिषद्बाट पास गरी संसदमा दर्ता गर्ने तयारी मन्त्रालयले गरिरहेको पनि उनको भनाई छ ।

गृहमन्त्री श्रेष्ठले २०७६ सालमा पारित भएको हाम्रो प्रहरी समायोजन ऐनलाई केही संशोधन र परिमार्जन गर्न जरुरी रहेको र त्यसका लागि पनि विधेयक तयार भइसकेको उल्लेख गरे ।

साथै उनले जालसाझी, ठगि, भ्रष्टाचार गर्नेहरुलाई समात्दा वक्तव्यबाजी गर्ने र राजनीतिक दबाब दिने काम नगर्न आग्रह गरे ।